सिम्ता गाउँपालिकाका अध्यक्षको सम्पत्ति : बैंकमा ८ हजार ३६२ रुपैयाँ

सुर्खेत - सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। पदभार ग्रहण गर्दै गर्दा निष्ठाको राजनीति गर्ने भन्दै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

सम्पत्तिको नाममा उनको साङ्ग्रिला बैंकमा ८ हजार ३ सय ६२ र १२५ सीसीको होन्डा साईन बाइक रहेको बताएका छन्। यस्तै बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्। सुर्खेतका स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो जनप्रतिनिधि हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×