पहिलो मुस्लिम सुपरहिरो 'मिस मार्भल'

काठमाडौँ - मार्भल स्टुडिओको वेब सिरिज ‘मिस मार्भल’को पहिलो एपिसोड डिज्नी प्लसमा प्रदर्शन भएको छ। यस सिरिजमा मुस्लिम सुपरहिरोको कथा देखाइएको छ। काल्पनिक चरित्र कमला खानको भूमिकामा पाकिस्तानी-क्यानडियन अभिनेत्री इमान भेलानी देखिएकी छिन्। यसमा बलिउड अभिनेता फरहान अख्तर पनि छन्।

बिबिसीका अुनसार इमान पहिलो मुस्लिम अमेरिकी सुपरहिरोको रुपमा प्रस्तुत भएकी छिन्। यस सिरिजको पहिलो एपिसोड प्रदर्शन भएसँगै समीक्षकहरूले प्रतिक्रिया दिन सुरू गरेका छन्। कतिपय समीक्षकहरूले सिरिजलाई फाइभ स्टार रेटिङ दिएका छन्।

द गार्डियनले फाइभ स्टार रेटिङ दिँदै लेखेका छन्, ‘उनी हाँस्यास्पद, आकर्षक र सहज रूपमा पूर्व धारणाहरूबाट बाहिर निस्कन्छिन्।’

पत्रकार दान इनाभले लेखेका छन्, ‘कमला पाकिस्तानी मूलको सुपरपावर अभ्यास गर्ने मुस्लिम हो भन्ने कुरालाई अचम्म मानिँदैन।’
निक हिल्टनले लेखेका छन्, ‘म यहाँ राम्रो नियतको समीक्षा गर्न आएको होइन। वास्तवमा मार्भल एउटा ब्रान्ड बनिसक्यो। ठूला प्रोफाइल परियोजनामा दक्षिण एसियाली मूलको यस्तो प्रतिवद्धता देखेर खुसी लागेको छ। राम्रो परियोजना।'

यो सिरिज अंग्रेजी, हिन्दी, मलयालम, तमिल र तेलुगु गरी पाँच भाषामा प्रदर्शन भइरहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×