बालेन शाहको टिप्पणी : राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन्। उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन्। उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन्। 

‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। आतबार सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×