काठमाडौँ - अब काठमाडौँमा घरबहालदिँदा सम्झौताको एक प्रति वडालाई दिनुपर्ने भएको छ। घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गर्दै यस्तो निर्णय गरेको हो।
यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ। काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।
अबदेखि घरबहालमा लगाउँदा दुवै पक्षबीच अनियार्य रुपमा सझौता गरी एक-एक प्रति आफूले रख्नुपर्नेछ भने एक प्रति सम्बन्धि वडाकार्यालयमा अनिवार्य बुझाउनुपर्ने बताएका छन्।
यसै गरी पछि घर खाली भएको जानकारी समेत घरबेटीले अनिवार्य रुपमा सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्ने छ। सम्झौतापत्रमा बहाल लिने-दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ। घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्ने नयाँ निर्देशिकामा उल्लेख गरिएको छ।