हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको जित

काठमाडौँ - डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम सिटीको जितमा इर्लिङ हालान्डले ह्याट्रिक गोल गरेका थिए। त्यस्तै, बेर्नाल्डो सिल्भाले १ गोल थपेका थिए। क्रिस्टल प्यालेसका जोचिम एन्डरसनले १ गोल गर्दा अर्को गोल भने सिटीले आत्माघाति गोल गरेपछि उपहार स्वरुप पाएको थियो।

खेलको चौँथो मिनेटमा नै जोन स्टोन्सले आत्माघाति गोल गरेपछि क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो। २१औँ मिनेटमा जोचिम एन्डरसनले गोल गरेपछि क्रिस्टल प्यालेस २-० गोलले अघि रहेको थियो। क्रिस्टल प्यालेसले २ गोलको अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो।

पहिलो हाफमा नै २ गोलले पछि परेको सिटी खेलको ५३औँ मिनेटमा सिल्भाको गोलबाट २-१ गोलको स्थितिमा पुगेको थियो। त्यसपछि हालान्डले खेलको ६२औँ मिनेटमा गोल गर्दै सिटीलाई २-२ गोलको बराबरी दिलाएका थिए।

७०औँ मिनेटमा गोल गरेका हालान्डले ८१औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरासहित टिमलाई ४-२ गोलको जित दिलाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×