हिउँ पर्दा माथिल्लो मनाङका अधिकांश घरमा ताल्चा

मनाङ- बर्सेनि कात्तिकदेखि फागुनसम्म मनाङमा हिउँ पर्ने गर्छ । सो अवधिमा माथिल्लो मनाङका अधिकांश घरमा ताल्चा मारिएका हुन्छन्। घरका एकाध मात्र पशुचौपाया र घरको रेखदेख गर्न बसेका व्यक्ति मात्रै हुन्छन्। त्यतिबेला यहाँका सबै मानिस जाडो छल्न र घुम्ती व्यापार गर्न जिल्ला बाहिर निस्कन्छन्। तल्लो मनाङका पनि कतिपय पर्यटन व्यवसायी र बासिन्दा पनि जाडो छल्न पोखरा, काठमाडौंँ जाने गर्छन्। 

हिउँदमा  जिल्लाका सबै नागरिक बेंसी झर्ने यहाँको पुख्र्यौली परम्परा हो। हिउँदमा यहाँ अत्यधिक चिसो हुने र जनजीवन प्रभावित हुने भएकाले मनाङबासी बेंसी झर्नु रहर नभई बाध्यता हो। अत्यधिक चिसो र हिमपातले घरका धारा, सेफ्टी ट्याङकी, सिंचाइ कुलोलगायत जमेर दैनिक जीवनयापनमा असर पुर्याउने भएकाले पनि उनीहरु बेंसी वा जिल्ला बाहिर जान बाध्य छन्। यसरी बेंसी झर्दा घरपालुवा पशुचौपाया र ससाना बालबालिकाको रेखदेख र व्यवस्थापनमा उत्तिकै समस्या पर्छ। हिउँदका महिना जिल्लाका सरकारी कार्यालयसमेत करिब करिब सुनसान नै हुन्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×