काठमाडौँ - अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको नयाँ भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ। गायिका दीक्षा जे थापा र गायक एसडी योगीको स्वर रहेको गीतमा हर्क साउदको शब्दरचना रहेको छ भने एसडी योगीले संगीत दिएका छन्।
अभिनेत्री बेनिशाले आफ्नै प्रोडक्सन कम्पनी मौरी पिक्चर्सबाट पहिलो गीत सार्वजनिक गरेकी हुन्। भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।
हरि हुमागाईंद्वारा छायांकन गरिएको भिडियोको कोरियोग्राफी शुभम भुजेलले गरेका छन्। भिडियोको कार्यकारी निर्मातामा केदार भुसाल हुन्।