टेनिस स्टार रोजर फेडेररको भाबुक बिदाइ

काठमाडौँ - स्विजरल्यान्डका टेनिस स्टार रोजर फेडेररले भक्कानिदैँ व्यावसायिक टेनिस खेलबाट बिदा लिएका छन्। इंग्ल्यान्डमा जारी लाभेर कप टेनिस अन्तर्गत स्पेनिस स्टार राफायल नाडालसँग युगल प्रतिस्पर्धामा उत्रेका फेडेररले व्यावसायिक टेनिस खेलबाट बिदाइ लिएको बीबीसीले जनाएको छ।

२० पटकका ग्रान्ड स्लाम विजेता ४१ वर्षीय फेडेररलाई भव्य रूपमा बिदाइ गरिएको थियो। फेडेररलाई टेनिसको एक सर्वश्रेष्ठ खेलाडीको रूपमा लिइन्छ। ‘यो निकै अद्भुत दिन थियो। म खुसी छु, दुखी छैन। म यहाँसम्म पुग्न सक्दा खुसी छु,’ फेडेररले प्रतिक्रिया दिएका छन्।

आँखाभरी आसु बोकेका फेडेररले नाडाल तथा अन्य खेलाडीहरुलाई अंगालो हाल्दै बिदाइ लिए भने हजारौ समर्थकले उनको नामको जयजयकार गर्दै उनको बिदाइ गरे।

एक समयका चिरप्रतिद्वन्दी फेडेरर र नाडालले अमेरिकी जोडी ज्याक सोक र फ्रान्सेस टियोफको जोडीविरुद्ध कोर्टमा उत्रेका थिए। उक्त खेल भने ज्याक र फ्रान्सेसको जोडीले जितेको थियो।

पछिल्लो समय फेडेरर स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। घुँडाको चोटका कारण उनले ३ पटक शल्यक्रिया गर्नुपरेको थियो। गत वर्ष विम्बल्डनमा सहभागी भएयता फेडेररले खेलेका थिएनन्। सन् २०२० देखि ११ मध्ये केवल ३ ग्रान्ड स्लाममा प्रतिस्पर्धा गरेका फेडेरर पुनः कोर्टमा लामो समय बिताउने आशा गरिएको थियो। तर स्वास्थ्य अवस्थामा चाहिएजस्तो सुधार नभएपछि फेडेररले गत हप्ता सन्न्यासको घोषणा गरेका थिए।

उनले आफ्नो विदाइ भव्य हुनुपर्ने अपेक्षा गरेका थिए। उनको इच्छा अनुसार नै कोर्टमा १७ हजार ५ सय दर्शक उपस्थित रहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×