नर्वेमाथि स्लोभानियाको जीत

काठमाडौँ - यूईएफए नेसन्स लिग फुटबलमा नर्वे पराजित भएको छ। शनिवार राति भएको खेलमा नर्वेलाई स्लोभानियाले २-१ गोल अन्तरले हराएको हो।

 ४७औं मिनेटमा हालान्डले गोल गर्दे नर्वेलाई सुरुवाती अग्रता दिलाए। उनले मोहम्मेद इलयोउनोउसीको पासमा गोल गर्न सफल भएका थिए।

६९औं मिनेटमा एन्डराज स्पोररले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले बेन्जामिन सेस्कोको पासमा गोल गर्न सफल भएका थिए। अघिल्लो गोलमा असिस्ट दिएका सेस्कोले ८१औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ को पूनरागमन जित दिलाए।

खेलमा सुरुवाती १ गोलको अग्रता जोगाउन नसक्दा नर्वे पराजित भएको हो। हारका बाबजुत लिग बी समूह ४ को नर्वे शीर्ष स्थानमा रहेको छ।

नर्वेले ५ खेलमा १० अंक जोडेको छ। स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×