काठमाडौँ - साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलमा युनियन बर्लीनसँग १-१ गोलको बराबरीमा रोकिएको छ। शनिबार राती बर्लीनको घरेलु मैदानमा भएको खेलमा बायर्नले बराबरी खेल्दै अंक बाडेको हो।
खेलमा सुरुवाती अग्रता बर्लीनले लिएको थियो। खेलको १२ औं मिनेटमा सेराल्डो बेकरले गोल गर्दै बर्लीनलाई अग्रता दिलाएका थिए। बायर्नका लागि खेलको १५ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै टिमलाई हारबाट जोगाए।
बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडे तालिकाको तेस्रो स्थानमा रहेको छ। पराजित बर्लीन ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ।