महिला साफ च्याम्पियनसिपमा बंगलादेशसंग नेपाल पराजित

काठमाडौँ - काठमाडौँमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो।

खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको जित हासिल गरेको छ। खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामू दुई गोलले पछि रह्यो। अनिताले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल थपेको थियो।

यसअघि नै बंगलादेशकी साम समुन्नहरले १३ औं र ४२ औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेकी थिइन्। अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×