सिरी ‘ए’ मा फ्लोरेन्टिनाविरुद्ध रोमा पराजित

काठमाडौँ - इटालियन सिरी ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ। शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमा फ्लोरेन्टिनाविरुद्ध २–० ले पराजित भएको हो। 

घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १–१ गोल गरेका थिए।

हारसँगै रोमा ३६ खेलबाट ५९ अंकसहित पाँचौँ स्थानमा रहेको छ। भने फ्लोरेन्टिना समान अंक सहित छैटौं स्थानमा रहेको छ। जारी लिगमा एसी मिलान शीर्ष स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×