के टुटेकै हो बले र प्रिज्माको सम्बन्ध?

काठमाडौँl जुनसुकै मनोरंजन क्षेत्रमा प्रेम सम्बन्ध रहनु र छुट्नु अहिले सामान्य भएको छl केहि समय अघि मात्र नेपाली सिने जगतमा अभिनेत्री नम्रता श्रेष्ठको प्रेम सम्बन्धको अन्त्य भएको हल्ला चलेको थियोl यसै बिच हास्यव्यंग्य कलाकार सागर लम्साल उर्फ 'बले' र टीकटकबाट ख्याती कमाएकी प्रिज्मा खतिवडाको सम्बन्ध चिसिएको हल्ला चलेको छl तर खबर बारे आधिकारिक रूपमा दुवैले केहि बताएका छैनन्l पहिला प्राय सबै म्युजिक भिडियोमा सँगै देखिने जोडी अहिले एक्लिन थालेका छन्l केहि समय अघिसम्म जोडीले फागुनमा विवाह गर्ने सम्म हल्ला चलेको थियोl खबरका अनुसार सोहि विवाहमा आएर दुईबिच असमझदारी उत्पन्न भएको होl यो कुरा बारे बताउदै प्रिज्माले सञ्चारमाध्यमलाई बताइन् "हामी रिलेसनमा बसेकै छैनौ ब्रेकअप कसरी हुन्छl हामी बिच अर्टिसको मात्र सम्बन्ध छl म्युजिक भिडियो आएकै छैन , आयो भने हामी सँगै गर्छौl" धेरै म्युजिक भिडियोमा जोडीलाई सँगै देख्न थालेपछी दर्शकहरुले उनीहरु प्रेम सम्बन्धमा रहेको अड्कल काटेका थिएl

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×