विराटनगर- भारतको जोगवनीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) लिएर आउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–८ घर भएका ३५ वर्षीय मेकेन्जी लिम्बू रहेका छन्।
प्रहरीका अनुसार खैरो हेरोइन बोकेर प्रदेश १–०२–०४१ प ६२५९ नम्बरको स्कुटरमा नेपालतिर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ बाट लिम्बूलाई पक्राउ गरिएको हो।
लिम्बूको साथबाट २ ग्राम ७ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ। अन्नपूर्णपोष्टबाट