आलियाले मनमनै रणवीरसँग विवाह गरिसकिन्

भारत। बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको  प्रेम सम्बन्धमा चर्चामा रहने गरेको छ। बेलाबेला जोडीको विवाहको हल्ला समेत चल्ने गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार जोडी अप्रिल २०२२ मा वैवाहिक बन्धनमा बाँधीदैछन्। तर, यो कुराको आधिकारिक पुष्टि भने जोडीले गरेका छैनन्।

यसैबिच आलियाले विवाहमाथि दिएको एक अभिव्यक्ति अहिले चर्चामा छ। हालै उनले एक अन्तर्वार्तामा आफूले पहिले नै दिमागमा रणवीरसँग विवाह गरिसकेको बताएकी छिन्।

सो अन्तर्वार्तामा आलियालाई विवाहको बारेमा प्रश्न सोद्धा उनले जवाफमा आफूले दिमागमा पहिले नै रणवीरसँग विवाह गरेको बताएकी हुन्। त्यसैगरि महामारीका कारण विवाहको योजना पर सरेको समेत उनले जानकारी दिइन्। उनले भनिन्, ‘जब हामी विवाह गर्छौं, तब सही र सुन्दर तरिकाले गर्नेछौं।’

जोडी करिब चार वर्षभन्दा धेरै समयदेखि प्रेमसम्बन्धमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×