पाकिस्तानको टोलीमा अफ्रिदीको स्थानमा मोहम्मदले खेल्ने

काठमाडोँ - पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद हसनैनले एसिया कप क्रिकेट खेल्ने भएका छन्। पाकिस्तानका तीब्र गतिका बलर शाहिन शाह अफ्रिदिले एसियाकप गुमाउने भएका कारण मोहम्मदले स्थान बनाएका हुन्।

घुँडाको समस्याका कारण अफ्रिदी एसिया कपबाट बाहिरिएका हुन्। एसिया कप अगस्ट २७ बाट युएईमा सुरु हुनेछ। प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्। एसीसीले सहभागी ६ टोलीलाई २ समूहमा विभाजन गरेको छ।

पाकिस्तान समूह ‘ए’ मा छ। समूह ‘ए’ भारत र छनोटबाट आउने १ टोली रहेका छन्। कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये १ टोली यस समूहमा रहने छन्। प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×