लमजुङ – लमजुङमा चैते दसैँको अवसरमा ठाडोभाका खुला प्रतियोगिता आयोजना भएको छ।
राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा दूधपोखरी गाउँपालिका-४ की देउकुमारी गुरुङ महिला टोली र मध्यनेपाल नगरपालिका-१० थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको पुरुष टोलीले प्रथम पुरस्कार पाएको छ।
अमरध्वज गुरुङ ठाडोभाकाको पहिलो एल्बमनिकाल्ने व्यक्ति हुन्। लामो समय भारतीय सेनामा कार्यरत रहेका उनी निवृत्त जीवनपछि फेरि लोकसंस्कृतिको उत्थानमा सक्रिय भएका छन्।