काठमाडौँ - श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मीठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्।
गीतमा राईको शब्द र ओमप्रकाश राईको संगीत रहेको छ। ६ मिनेटको गीतको अडियो ओसन म्युजिक नेपालको यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन्।
१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील रहेका छन्।