काठमाडौँ - दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घण्टायता ३४ हजार ७ सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ।
यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकोमा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो। यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा वृद्धि भएको हो।
पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्म २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ। त्यसैगरी यहाँ यो महामारीको सुरुवातदेखि अहिलेसम्म नै २ करोड भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ।