स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ- स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री  खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै आयोगमा मंगलबार उजुरी दर्ता गरेको हो। 

'स्वास्थ्यमन्त्री  विरोध खतिवडाले जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्व ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ।' राष्ट्रिय युवा संघ नेपाल सह संयोजक संजिव कुमार सुरज झाले अख्तियारमा दिएको उजुरीमा भनिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×