भेरीमा बेपत्ता बालबालिका : एकको शव भेटियो

सुर्खेत - सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ। शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो। 

बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो। रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए। दिनेशसँगै बेपत्ता भएका भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का र आठ वर्षीया कृष्णा सिञ्जालीको शव अझै भेटिएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×