काठमाडौं - पहिलो टी–२० क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको छ। टीयू क्रिकेट मैदानमा जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो।
नेपालले सुखद शुरुआत गरेको छ। पहिलो विकेटका लागि २७ रनको साझेदारी भएको छ। आसिफ शेख १६ बलमा ९ रन बनाएर आउट भएका छन्। ओपनर कुशल भुर्तेलले भने आक्रामक खेलेका छन्। उनलाई रोहित पौडेलले साथ दिएका छन्।
नेपालले तीन खेलको टी–२० सिरिज खेल्नेछ। नेपालले सुखद शुरुआत गर्न चाहे पनि टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन। नेपालले तीन वर्षअघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो। त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो।
नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ तीन खेलको टी–२० सिरिजपछि तीन खेलकै एक दिवसीय सिरिज खेल्नेछ।