काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
रोनाल्डोले सामाजिक संजालबाट भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका हुन्। प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल आइतबार ओल्ड ट्राफोर्डमा हुनेछ।
उनले आज हुने एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन्। रोनाल्डो पछिल्लो समय क्लब छाड्ने योजनामा रहेका छन्। उनी प्रि-सिजन टुरका लागि थाइल्याण्ड र अस्ट्रेलिया गएका थिएनन्।
रोनाल्डो केहि दिन अघि मात्र युनाइटेड फर्किएका हुन्।