परिजितालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत नेपाली समुदायसँग मत माग्दै

काठमाडौँ - अमेरिकी द भ्वाइसकी प्रतिस्पर्धी १७ वर्षीय नेपाली मूलकी परिजिता बास्तोलालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत सबैलाई आह्वान गरेका छन्। द भ्वाइसको २२ औ संस्करणको १६ औं स्थानमा पुगेकी बास्तोलालाई जिताउन सबै लाग्नु पर्ने महतले बताउँदै आएका छन्।

महतले बाल्टिमोर स्थित आफ्नै चमेना गृह नेपाल हाउसमा परिजितालाई निमन्त्रणा गरि शुभकामना पनि दिएका छन्। उनले अग्रिम बधाई दिदै नेपाली समूदायको साथले बास्तोलाले सफलता पाउने विश्वास व्यक्त गरेका छन्।

उनले भने नेपाली छोरीले विश्वमा तहल्का मच्चाएको हेर्न हामी आतुर छौँ, त्यसैले उनलाई एक मत दिन कन्जुस्याइ नगरौं। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×