ट्रोल बनेपछि फिल्म खेल्ने योजनाबाट पछि हटे वनमन्त्री यादव

काठमाडौँ - मुस्कान खातुनको जीवनमाथि बन्न लागेको फिल्ममा अभिनय गर्ने खबर बाहिरिएपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले यसबारे टिप्पणी गरेका छन्। उनले कार्यव्यस्ततालाई कारण जनाउँदै फिल्ममा अभिनय नगर्ने संकेत समेत गरेका छन्।

उनले फिल्ममा अभिनय गर्ने समाचार सार्वजनिक भएपछि उनी सामाजिक सञ्जालमा ट्रोल समेत भएका थिए। दर्शकले उनीविरुद्ध मिश्रित प्रतिक्रिया दिएका थिए।

अभिनेता तथा निर्देशक रमित ढुंगानासँग भएको भेटमा मन्त्री यादवले फिल्म छायांकनको लागि ३ दिन समय छुट्याउने जनाएका थिए। फिल्म सुटिङकै लागि अमेरिकादेखि आएका ढुंगानाले मन्त्रीलाई लिएर फिल्म बनाउने समेत बताएका थिए।

तर सामाजिक सञ्जालमा चर्को आलोचनापछि मन्त्री यादव फिल्ममा अभिनय गर्ने सोचबाट पछि हटेका छन्।

‘देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वनजंगल र वन्यजन्तुको संरक्षण एवं सम्वद्र्धनको लागि गर्नुपर्ने काम धेरै भएकाले कार्यव्यस्तताका कारण फिल्मको छायांकनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन्।

एसिड ‘सर्भाइभर’ किशोरी मुस्कान खातुनले समेत अभिनय गर्ने फिल्मको छायांकन यसै महिनादेखि सुरु गर्ने तयारीमा रहेको छ। फिल्ममार्फत रमितले निर्देशनमा डेब्यु गर्दैछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×