इन्डियन आइडल बिजेता पवनदीपको 'तिम्रो हाम्रो भेट कहिले हुने हो ?' सार्वजनिक

काठमाडौँ - चर्चित गायन रियालिटी सो इन्डियन आइडल १२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत 'तिम्रो हाम्रो भेट कहिले हुने हो ?' सार्वजनिक भएको छ।

गीतकार आनन्द अधिकारीको शब्द रचना र शिखर सन्तोषको संगीत रहेको गीतलाई  नेपालकै अग्रणी म्युजिक कम्पनी 'म्युजिक नेपाल'को च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ। आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन्। डोर बहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी, पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सहनिर्देशन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×