आर्मीको महिला भलिबल टोलीलाई पहिलो पटक उपाधि

काठमाडाैँ -  विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला भलिबलको इतिहासमै पहिलो पटक उपाधि जितेको छ। एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि आर्मीले जितेको हो।
आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हाे।

आर्मी र पुलिसको समान ९ अक भएपछि आर्मीले पुलिसभन्दा बढी सेट जितेका कारण उपाधि उचाल्न सफल भएका हाे। यसअघि आर्मी क्लबले  कुनै राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जितेको थिएन।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्यो। उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, उपविजेता बनेको पुलिसले ३ लाख प्राप्त गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×