टि-२० शृङ्खला आजबाटः १७ वर्षपछि इङ्लिस टोली पाकिस्तानमा खेल्दै

काठमाडौँ - भारत र अष्ट्रेलिया तथा पाकिस्तान र इङ्ग्ल्याण्डबीचको टी-२० क्रिकेट श्रृङ्खला आजबाट सुरु हुँदैछ। भारत र अष्ट्रेलियाबीचको खेल आज साँझ नेपाली समयअनुसार साँझ ७:१५ बाट सुरु हुनेछ। अष्ट्रेलियन टोली श्रृङ्खलाका लागि भारतमा छ।

यस्तै पाकिस्तान र इङ्ग्ल्याण्डबीचको खेल राति ८:१५ बाट सुरु हुनेछ। खेल पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा हुनेछ। यी २ टोलीबीच ७ वटा खेल हुनेछ। टी-२० श्रृङ्खलाको लागि इङ्लिस टोली १७ वर्षपछि पाकिस्तान आएको हो।

यता भारत र अष्ट्रेलियाले ३ खेलको प्रतियोगिता खेल्नेछन्। हालै सम्पन्न एसिया कपमा निराशजनक प्रदर्शन गरेको भारतीय टोलीलाई यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ। किनकि यसले आगामी महिना हुने टी-२० विश्वकपको लागि पनि टोलीलाई तयार गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×