काभ्रे - २८ औं अन्तरस्कुल आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता बुधबार सुरु भएको छ। नेपाल प्रहरी विद्यालयको आयोजनामा सुरु प्रतियोगिताको प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले उद्घाटन गरेका थिए।
प्रतियोगितामा १५ विद्यालयका १६ टिम सहभागी भएका छन्। विजेताले ५० हजार, दोस्रोले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। म्यान अफ द म्याच, हाइस्कोरर, प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कृत गरिनेछ।
२०४९ सालदेखि हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण २ वर्षयता हुन सकेको थिएन। उद्घाटन खेलमा आयोजक नेपाल प्रहरी विद्यालय ‘ए’ ले बेलर एकेडेमीलाई ५-० ले हराएको थियो। अर्को खेलमा नेक्सस स्कुल काठमाडौँले काभ्रे माविमाथि ५-० को जित निकालेको थियो।
प्रकाशित : मंसिर २१, २०७९ २२:२१