काठमाडौँ - अष्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी-२० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ। भारतले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले ४ बल अगावै ६ विकेटको क्षतिमा पूरा गरेको हो।
अष्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र २ छक्का मद्धतमा अविजित ४५ रन जोडेका थिए। त्यस्तै, ओपनर क्यामरुन ग्रिनले ३० बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए। स्टिभ स्मिथले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। भारतका अक्षर पटेलले ३, उमेश यादवले २ तथा युजवेन्द्र चाहलले १ विकेट लिएका थिए।
यसअघि, टस हारेर ब्याटिङका लागि आएको भारतले हार्दिक पाण्ड्याको अविजित ७१ रन मद्धतमा निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा २ सय ८ रनको विशाल योगफल खडा गरेको थियो।
भारतका लागि ओपनर केएल राुहलले ३५ बलमा ४ चौका र ३ छक्का मद्धतमा ५५ रन जोड्दा पाण्ड्याले २० बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए। त्यस्तै, सूर्यकुमार यादवले २५ बलमा २ चौका र ४ चौकासहित ४६ रन जोडेका थिए।
अष्ट्रेलियाको नाथन इल्सले ३, जोस हेजलवूडले २ र क्यामरुन ग्रिनले १ विकेट लिएका थिए।