काठमाडौँ - प्रिमियर इन्टरनेसनल आइबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइई कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता २६ असारदेखि हुने भएको छ। दुवै खेलमा बढीमा २४ टोलीलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन्।
बास्केटबल थ्री बाई थ्री स्वरूपमा हुनेछ। महिलातर्फको बास्केटबल दुई सातापछि हुने संयोजक श्रेष्ठले जानकारी दिएका छन्।
फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। बास्केटबलमा पहिलोलाई ३५ हजार र दोस्रोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ ।