काठमाडौँ। नेपाली चलचित्र ‘म’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी जेठ २० गते प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ। निर्माण कम्पनी कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डीसीएन र एफडीसँग प्रदर्शनका लागि सम्झौता गरेको जनाएका छन्। डीसीएनले राजधानीमा र एफडीले राजधानी बाहिर चलचित्रको वितरण गर्नेछ।
सुवर्ण थापाको निर्देशन रहेको चलचित्रमा प्रकाश पुरीको कथा रहेको छ। सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन्द्र खड्का, सञ्जोग रसाइली, पुनम श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको चलचित्रमा विमला हुमागाईं र पदम पुरीको लगानी छ।