काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पक्षमा बृहत प्रदर्शन भएपछि । हिजाे शुक्रबार काठमाडौंमा प्रधानन्यायाधीश रायाको पक्षमा बृहत प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा कानून व्यवसायीलगायत सर्वसाधारण स्वःस्फूर्त रुपमा सहभागि भएका थिए ।
उनीहरुले १९ न्यायाधीश र नेपाल बारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले जनताको मुद्दा हेर्नैपर्छ जनताले न्याय पाउनैपर्छ, मुद्दा नहेर्ने न्यायधीश मुर्दावाद, मुद्दा हेर्न नदिने वकिल मुर्दावाद, अदालतमा पस्न नदिने वकिल मुर्दावादलगायतका नारा लगाएका थिए ।
आन्दोलनमा सहभागिहरुले दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर, बेन्च बहिष्कार अन्य गर लगायतका व्यानगरसहित १९ न्यायाधीश र नेपाल वारका वकिलविरुद्ध नाराबाजी गरेका थिए।
पछिल्लो समय प्रधानन्यायाधीश राणाको पक्षमा सहर्थन बढ्दै गएको छ भने नेपाल वारको आन्दोलन सुस्त बन्दै गएको छ ।
१५ गतेदेखि लागुृ हेन गाेलप्रथाबाट इजलास गठन सञ्चालन गर्ने प्रक्रियाका लागि न्यायाधीशहरू तयार हुँदै गएका छन् भने बारकाे आन्दोलनबाट जनसमर्थन हट्दै गएकाे छ । याे अवस्थामा बकिलहरूले राजनीतक दलका नेता गुहारिरहेका छन् ।