क्रान्तिकारी पत्रकार महासङ्घले राष्ट्रिय भेला गर्ने

नवलपरासी । क्रान्तिकारी पत्रकार महासङ्घले राष्ट्रिय सम्मेलन अघि विशेष राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । महासङ्घले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटमा आगामी पुस ४ गते विशेष राष्ट्रिय आयोजना गर्न लागेको हो ।  

राष्ट्रिय सम्मेलनको तयारीको रुपमा विशेष भेलाको आयोजना गर्न लागिएको महासङ्घका लुम्बिनी प्रदेश संयोजक रवी पाण्डेयले जानकारी दिए । भेलामा ५५ जिल्लाका १५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् । भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले गर्ने कार्यक्रम छ । महासङ्घको राष्ट्रिय सम्मेलन आगामी फागुनमा गर्ने तय भएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×