मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना

एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले शनिबार बताएका छन् । ९६ वर्षीय मोहम्मदको  राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका हुन् । 

यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो । उनलाई  गत  ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो महाथिरले दुई कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा सेवा गर्नु भएको थियो । पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उहाँको कार्यकाल रहेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×