राष्ट्रपतिसँगै जनताको सवारी

काठमाडौँ - राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन। तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन जाने क्रममा सडकमा सर्वसाधारण जनतालाई यात्रामा रोक लगाइएन। राष्ट्रपतिसँगै जनताका सवारीसाधन पनि चले। यसले धेरैको मन जितेको छ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतलनिवासबाट नयाँ बानेश्वस्थित संसद् भवनमा पुगेका थिए। यसअघिका राष्ट्रपतिका सवारीभन्दा शुक्रबार पौडेलको सवारी निकै सहज र चुस्त देखियो। 'पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै हिँडेको देखियो,' सामाजिक सञ्जालमा राजेश फुयाँल लेख्छन्, 'यो सवारीले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने  काम गरेको छ।' जनतालाई रोकेर होइन, सँगै लिएर जाँदा सही गन्तव्यमा पुगिने पनि उनले लेखेका छन्। गणतन्त्रका 'सेरेमोनियल' राष्ट्रपतिको सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् भन्ने अपेक्षा सर्वसाधारण जनताको थियो, छ। 
नागरिक दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×