काठमाडौँ - म्यान्चेस्टर युनाइटेडले रियाल मड्रिडका ब्राजिलियन मिडफिल्डर केसिमिरोलाई भित्र्याउने दृष्टिकोण बनाएको छ। युनाइटेडले केसिमिरोलाई ६० मिलियन पाउन्डसम्मको प्रस्ताव राख्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
२ खेलमा लगातार हार व्यहोरेर तालिकाको पुछारमा रहेको युनाईटेड जान यदि केसिमिरो सहमत भएमा ३० वर्षीय केसिममिरो क्लबमा सबैभन्दा धेरै कमाउने खेलाडी बन्नेछन्।
केसिमिरो सन् २०१३ देखि रियाल मड्रिडमा खेल्दै आइरहेका छन्। केसिमिरो विश्वको उत्कृष्ट मध्यका डिफेन्सिभ मिडफिल्डर हुन्। रियालबाट खेलेका २ सय २२ खेलबाट उनले २४ गोल गरेका छन्।