महानायक राजेश हमाल सम्मानित

काठमाडौं - म्युजिक भिडियोमा निरन्तर अभिनय गरेर नेपाली संगीत क्षेत्रलाई विशिष्ट योगदान पुर्‍याएका कारण महानायन राजेश हमाल शनिबार एक समारोहबीच सम्मानित भएका छन्। राष्ट्रिय संगीतकर्मी संघ नेपालले काठमाडौँमा आयोजना गरेको समारोहमा उनी सम्मानित भएका हुन्।

संघका अध्यक्ष विक्रमजंग शाह, निवर्तमान अध्यक्ष राजेन्द्र कार्की तथा केन्द्रीय पदाधिकारीले हमाललाई सो सम्मान प्रदान गरेका थिए। तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहँदै आएका हमालले चलचित्रसँगै पछिल्लो समय आफ्नो अभिनयबाट म्युजिक भिडियोमार्फत नेपाली गीतसंगीत क्षेत्रलाई पुर्‍याएको योगदानको कदरस्वरूप सो सम्मान गरिएको सम्मानपत्रमा उल्लेख थियो।

अभिनेता हमालले सो सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै आफू पनि नेपाली संगीत परिवारको सदस्य जस्तै र संगीत क्षेत्रको एक हिस्सा भएको बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×