सङ्घीय सरकारले जिम्मेवारीमा लापरबाही गर्दा कामपालाई मार

काठमाडौँ - सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि सो जिम्मेवारीमा सरकारले लापरबाही गर्दा कामपा मामा पर्ने गरेको छ। 

सडक निर्माण र मर्मत कार्यमा सङ्घीय सरकारले गर्ने ढिलासुस्तीका कारण सडक अवरुद्ध भई उपत्यकाको फोहर पटकपटक रोकिँदा कामपाले गाली खाने गरेको छ। हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ। कामपाले नियमित रूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाएको छ। 

काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो। हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×