साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्छ : मन्त्री कार्की

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्ने बतताएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा यहाँ आज आयोजित पुस्तक विमोचन समारोहमा सञ्चारमन्त्री कार्कीले कलाकृति मुलुकको सम्पति भएको उल्लेख गर्दै यसको महत्व अझै बढाउनुपर्नेमा जोड दिए। सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले मुलुकका शान्ति, अमनचयन, सुशासन कायम भएपछि समृद्धि हुने र त्यसले कला साहित्यको विकासमा पनि योगदान गर्ने बताए। 

उनले नेपाली समाजलाई पढ्ने समाज बनाउन जरुरी रहेको औँल्याउँदै पुस्तक किन्ने संस्कृतिको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको बताए। मन्त्री कार्कीले देशको सम्पदा मुलुक र जनताको हितमा प्रयोग गर्न सकिने गरी रुपान्तरणको आवश्यकता रहेको पनि बताए।

समारोहमा उनले डा रामकुमार भौकाजीद्वारा लिखित ‘समस्यामा नेपाली कला र कलाकार’, डा यमप्रसाद शर्माद्वारा अङ्ग्रेजीमा लिखित ‘सोसिएल पोलिटिक्स् डाइनामिक्स अफ नेप्लिज पेन्टिङ्स्’ र ‘नेपाली मूर्तिकला विकासमा ठाकुरप्रसाद मैनाली’ पुस्तकको विमोचन गरेका थिए। समारोहमा पुस्तकबारे टिप्पणी गर्दै कला लेखक मुकेश मल्लले पुस्तकमा कलाकारका लेख बढी राख्नुभन्दा अनुसन्धानमूलक पुस्तक आजको आवश्यकता भएको औँल्याए। लेखक डा यमप्रसाद शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य र सदस्य सचिव विपीनकुमार घिमिरेले भनाइ राखेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×