काठमाडौँ। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनित चलचित्र पोन्नियन सेल्वन ३० सेप्टेम्बर २०२२मा रिलिज हुने भएको छ। यसका साथै निर्माण पक्षले यो चलचित्रको पहिलो झलक सार्वजनिक गरेको छ। निर्माण पक्ष यो कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल खातामार्फत दिएको हो। पोस्टमा लेखिएको छ "हाम्रो प्रोड्यूसर अलीराज सुबासकरणलाई जन्मदिनको शुभकामना। गोल्डन एरा ३० सेप्टेम्बरबाट ठुलो पर्दामा आउनेछ। यो चलचित्र मणि रत्नमको निर्देशनमा बनेको हो।