फिल्म ‘चंगाचेट’को दोस्रो श्रृंखला निर्माण हुने

काठमाडौँ - ४ वर्षअघिको हिट फिल्म ‘चंगाचेट’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको शीर्षक ‘चंगाचेट २’लाई शुक्रबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो।

यो फिल्ममा पनि पाण्डेले निर्देशक दीपेन्द्र के खनालसँग सहकार्य गर्ने भएकी छिन्। खनालकै निर्देशन रहने फिल्मको प्रमुख कलाकारमा अर्पण थापा फाइनल भएका छन्।

अन्य कलाकार चाँडै अनुबन्धित गर्ने तयारी रहेको निर्मात्री पाण्डेले जानकारी दिएकी छिन्। कमेडी जनरामा निर्माण हुने फिल्मको बजेट ३ करोड रुपैयाँ बताइएको छ। ‘कमेडीप्रति दर्शकको रुचिलाई ध्यान दिएर सुपरहिट फिल्मको सिक्वेल बनाउन लागेका हौं,’ बोर्डमा शीर्षक दर्ता गरेपछि पाण्डेले भनिन्।

डीएस डिजिटलको ब्यानरमा बन्ने फिल्मलाई चाँडै छायांकनमा लैजाने तयारी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×