'विष्णुभक्त फुयाँल रंगकर्मी सम्मान' कलाकार पल्पसा डंगोल 'चम्सुरी'लाई

काठमाडौँ। यो वर्षको 'विष्णुभक्त फुयाँल रंगकर्मी सम्मान' कलाकार पल्पसा डंगोल 'चम्सुरी'लाई दिइएको छ। मंगलबार बिष्णु भक्त–तारादेवी स्मृति गुठीले आयोजना गरेको पाँचौ स्मृति सभामा डंगोललाई २० हजार नगदसहित सो सम्मान दिइएको हो।

५ वर्ष अघि राष्ट्रिय नाचघरमा मञ्चन गरिएको एक नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै स्वर्गारोहण भएका कलाकार फुयाँलको स्मरण गर्दै पुरस्कार स्थापना गरिएको हो। जसअनुसार उनको सम्झनामा हरेक वर्ष स्मृतिसभा आयोजना गरि सो सम्मान प्रदान गरिदै आएको छ। यसअघि कलाकार राजेन्द्र गड्तौला, लक्ष्मणसिंह बस्नेत, रमेश केसी मट्टारेले उक्त पुरस्कारबाट सम्मनित भएका थिए। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×