एन्टि डोपिंग अभियान सार्थक बनाउनेमा नेपालको जोड

काठमाडौँ - संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ।

नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्तव्य राखेका हुन्। खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा आफ्नो मन्तब्य राख्दै मन्त्री गहतराजले नेपालले खेलकुदमा एन्टि डोपिंगको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिए। मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टि डोपिंग संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको र आगामी दिनमा एन्टि डोपिंग सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए। कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरूले सराहना समेत गरेका थिए। मार्च १४ देखी १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ।

बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ। जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टि डोपिंग संस्थाहरुलाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×