एमाले जिल्ला कमिटी सदस्यमा मनोनित भइन् राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण

काठमाडौँ - राष्ट्रपति विद्या भण्डारीकी छोरी उषा किरण भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित गरिएको छ। मदन भण्डारी फाउन्डेसनकी उषाकिरणलाई काठमाडौं जिल्ला कमिटीको फागुन ३ गतेदेखि सुरु भएको प्रथम पुर्ण बैठकबाट सदस्यमा मनोनित गरिएको थियो।

बैठक मंगलबार सम्पन्न भएको हो। सदस्यमा मनोनित भएसँगै उषाकिरण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छिन्। भण्डारीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा स्नाकोत्तर गरेकी छिन्। हाल उनी मदन भण्डारी मेमोरियल कलेजको अध्यक्ष छिन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×