सेभियाविरुद्ध बार्सिलोनाको तीन गोल

काठमाडौँ - बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। बार्सिलोनाले सेभियालाई उसैको मैदानमा ३-० गोलले पराजित गरेको हो.

बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र इरिक गार्सियाले गोल गरेका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप १ गोल गर्दै जित निकालेको हो।

खेलको २१औँ मिनेटमा नै राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३६ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-० गोलको अग्रतामा पुर्‍याएका थिए। खेलको ५०औँ मिनेटमा इरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई ३-० गोलको जित दिलाएका हुन्।

ला लिगा फुटबलमै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग १-१ गोलको बराबरी खेलेको छ। खेलको पाँचौँ मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिडले रियाल सोसिडाडसँग अंक बाँडेको हो।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४ खेलबाट १० अंक भएको छ। पराजित सेभियाको भने ४ खेलबाट मात्र १ अंक रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×