नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

गोरखा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ। बिहीवार एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको छ। प्रतियोगीतामा ११ टिमका ६६ जना सहभागी रहेका छन्।

‘७ वटा प्रदेशबाट ७ टिम र गैर आवासिय नेपालीहरुको ४ टिम गरी कुल ११ टिमको सहभागीता रहेको छ,’ प्रतियोगीताका प्रमुख निर्णायक यासिर खम्वुले भने, ‘हरेक टिमबाट ३ महिला र ३ पुरुष गरी ६ जना सहभागी छन्।’ महिला, पुरुष र खुल्लाको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने उनले बताएका छन्।

उनका अनुसार आज (बिहीवार) महिला र पुरुष तर्फको क्लासिकल खेलहरु हुने छन्। ‘क्लासिकल, र्‍यापिड र ब्लिच गरी तिन चरणका खेलहरु हुन्छन्, क्लासिकल ९० मिनेटको, र्‍यापिड १५ र ब्लिच ३ मिनेटको हुन्छ,’ खम्वुले भने। प्रतियोगीता कात्तिक २ गतेसम्म चल्ने बताइएको छ।

गोरखा नगरपालिका प्रमुख कृष्ण रानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा प्रतियोगीताको उद्‌घाटन गरिएको हो। खेल भने ३ बजेबाट सुरु हुने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×