‘कठपुतली’ हेर्न जाँदा 'आइफोन १२' जित्ने मौका

काठमाडौँ। शुक्रवारबाट प्रदर्शनमा आएको हरर चलचित्र ‘कठपुतली’ले दर्शकहरूबाट राम्रै साथ पाईरहेको छ। चलचित्रले कोरोनापछी सिथिल बनेको नेपाली सिने जगतलाई उठाउन मदत गरेको छ। दर्शकहरू सिनेमाघरहरुमा देखिन थालेका छन्। हालै निर्माण पक्षले चलचित्रसँग सम्बन्धित एक आकर्षक उपहार योजना ल्याएको छ।

चलचित्र ‘कठपुतली’को टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको लेटेस्ट फोन ‘आइफोन १२’ प्रदान गरिने भएको छ। चलचित्रको निर्माण कामपनि पृथ्वी राना प्रोडक्सनले यो कुराको जानकारी दिएको हो। योजनामा सहभागि हुन एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ भने टिकट नम्बरको जाँच समेत गरिनेछ। नेपालभरिका जुनसुकै सिनेमाघरमा लिइएको टिकटको साथमा सेल्फी खिचेर ह्यासट्याग  #KATHAPUTALI #WINIPHONE प्रयोग गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। आगामी फेब्रुअरी १ मा  ‘लक्की ड्र’ मार्फत विजेताको घोषणा गरिनेछ। 

पृथ्वी राना मगर निर्मित तथा भिमसेन लामा निर्देशित चलचित्रका सह निर्माताहरु विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्। मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला आदि कलाकारहरुको अभिनय रहेको चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×