धनगढी उपमहानगरपालिकाको प्रमुखमा दश जनाको उम्मेदवारी

धनगढी - आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली काँग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेकपा (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका छन्।

उपमहानगरको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै उपप्रमुखमा नेकपा ९एमाले०का कन्दकला राना थारू, नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमलाकुमारी पन्त ओझा र स्वतन्त्रबाट काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाका अन्य १२ पालिकामा समेत उम्मेदवारी दर्ताको काम गए राति अबेर सम्पन्न भएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×