बेष्ट डेण्टल च्यारिटी अवार्ड २०२२ बाट डा सरु थापा पुरस्कृत

काठमाडौँ - चितवनकी वरिष्ठ दन्त चिकित्सक डा सरु थापा ‘बेष्ट डेण्टल च्यारिटी अवार्ड २०२२’ बाट पुरस्कृत भएकी छिन्। इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्स इन डेण्टिष्ट्रीद्धारा भारतको चेन्नईमा भएको कार्यक्रममा डा थापा उक्त अवार्डबाट पुरस्कृत भएकी हुन्।

उक्त अवार्डलाई दन्त चिकित्साको ओस्कार अवार्ड भनिन्छ। उक्त अवार्डबाट पुरस्कृत हुन पाउँदा निकै खुशी लागेको डा थापाले बताइन्। 

गत वर्ष विश्व दन्त परिषदले डा थापालाई उत्कृष्ट प्रेरणादायी महिला चिकित्सकको रुपमा घोषणा समेत गरेको थियो। नेपाल दन्त चिकित्सक संघको भोटिङको आधारमा सर्वाधिक मत ल्योन डा थापालाई संघले नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो।

दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो। विश्वका १३३ बढी सदस्य राष्ट्रहरुबाट उनी उत्कृष्ट घोषित भएकी थिइन्। उनी विगत १६ वर्षदेखि दन्त चिकित्सा सेवामा सक्रिय छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×